समाचार
न्यायीक समितिले उजुरी हेर्न विषय र समाधानको तरिका
सेवा प्रकार:
लाग्ने समय:
-
जिम्मेवार अधिकारी:
न्यायिक समिति
सेवा दिने कार्यालय:
न्यायिक समिति वा समितिले तोकेको मेलमिलापकर्ता/केन्द्र
सेवा शुल्क:
आवश्यकता अनुसार
आवश्यक कागजातहरु:
न्यायीक समितिबाट निरुपण, फैसला हुने विषयहरु: |
१. आलिधुर, बाँधपैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग । |
२. अर्काको बाली नोक्सानी । |
३. चरन, घाँस, दाउरा । |
४. ज्याला मजदुरीको । |
५. घरपालुवा पशुपंक्षी हराएको वा पाएको । |
६. ज्येष्ठ नागरिक पालन पोषण तथा हेरचाह नगरेको । |
७. नाबालक छोराछोरी वा पति पत्नीलाई आमद अनुसार खान लाउन वा शिक्षा दिक्षा नदिएको । |
८. वार्षिक २५ लाख रुपैया सम्मको घरबहाल । |
९. अन्य व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको । |
१०. आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्बजनिक बाटोमा पानि झारेको । |
११. सँधियारको जग्गा तर्फ झ्याल राखी घर बनाउँदा छोड्नुपर्ने जग्गा नछोडेको । |
१२. कुनै सार्बजनिक स्थलको उपयोग नदिएको । |
१३. अन्य कानुन बमोजिमका विषयहरु । |
मेलमिलापको माध्यामबाट मात्र छिनोफानो हुने विषयहरु: |
१. सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको |
२. सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने जग्गामा घर वा कुनै संरचना बनाएको |
३. पति पत्नी बिचको सम्बन्ध बिच्छेद |
४. अंगभंग बाहेकको बढीमा १ वर्ष सम्म कैद हुने कुटपिट |
५. गाली बेइज्जती |
६. लुटपिट |
७. अर्को आवासमा अनाधिकृत प्रवेश गरेको |
८. अर्काको हक/भोगमा रहेको जग्गा आवाद/भोगचलन |
९. ध्वनी प्रदुषण गरी वा फोहोरमैला फ्याँकी छिमेकीलाई असर पुर्याएको |
१०. पशुपंक्षी छाडा छाडेको वा राख्दा वा पाल्दा लापरबाही गरी अरुलाई असर परेको |
११. प्रचलित कानुन बमोजिम मेलमिलाप हुनसक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र १ वर्षसम्म कैद हुनसक्ने फौजदारी विवाद |