समाचार
सुनिलस्मृति गाउँपालिका अध्यक्षद्वारा ५०% अनुदानमा सुन्तला जातका विरुवा हस्तान्तरण
यहि मिति २०७५।०३।२५ गते सोमबारको दिन प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना अन्तर्गत पकेट सञ्चालनको लागि सुन्तला जात पकेट सञ्चालन समिति तेवाङ लाई गाउँपालिका अध्यक्ष द्वारा ५०% अनुदानमा ६००० संख्यामा विरुवा वितरण गर्नु भएको थियो । उक्त कार्यक्रमा यस सुलिलस्मृति गाउँपालिका अध्यक्ष द्वारा ५००० संख्यामा सुन्तला र १००० संख्यामा कागतीको विरुवाहरु सुन्तला जात पकेट सञ्चालन समिति तेवाङ, रोल्पा लाई हस्तान्तरण गर्नु भएको थियो । साथै सो कार्यक्रममा गाउँपालिकाको कृषि शाखा प्रमुख बासुदेव उपाध्यायले पकेट संचालक समितिका अध्यक्ष भुवनेश्वर के सी लाई विरुवा हस्तान्तरन गर्नुभएको थियो ।