समाचार
सुनिलस्मृति गाउँपालिकाद्वारा १००% अनुदानमा ५०% बोएर क्रस बोका कृषकहरुलाई हस्तान्तरण
सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले आज एक कार्यक्रमका विच पचास प्रतिशत बोएर क्रस बोका कृषकहरुलाई हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण गर्दै अध्यक्ष घर्तीले भन्नुभयो, हामी अझै पनि कृषि प्रणालीलाई फेर वदल गर्न सकेका छैनौ, हिजोका हाम्रा बावु, बाजेले जसरी कृषि गर्नुहुन्थ्यो त्यहि प्रकृया नै अहिले सम्म चल्दै आइ रहेको छ, गाउँघरमा पालिदै आएका बाख्राहरु बर्षभरी पाल्दा पनि दश, पन्ध्र केजी र कृषकहरुको न्यून आम्दानी हुने भएको हुदा कृषकहरुलाई हामिले बोएर बोका हस्तान्तरण गरेका हौ । हामिले जुन उद्देश्यले बोका समुहमा हस्तान्तरण गरिएका छौ त्यसै गरि बोकाको सहि सदुपयोग गर्नुहुन कृषकहरुलाई आग्रह समेत गर्नुभयो ।
निर्वाहमुखि बाख्रा पालनलाई व्यवसायीमुखी बनाइ कृषकको आम्दानीमा वृद्धि गरि बोका बाख्रालाई आम्दानीको मुख्य श्रोत बनाउन सकिने भएकोहुँदा अनुदान स्वरुप चार ओटा समुहलाई एक एक ओटा बोका हस्तान्तरण गरिएको र बोका खरिद गरि यहाँ सम्म ल्याउन १ लाख ६० हजार बराबरको रकम खर्च खर्च भैसकेको गाउँपालिका पशु शाखा प्रमुख ओम गिरीले बताउनुभयो ।
सालघारी बाख्रा पालन समूह रिझा, देविमन्दीर बाख्रा पालन समुह खारा, रानीवन बाख्रा पालन समुह गजुल, पिपल चौतारी बाख्रा पालन समुह बोबाङलाई उक्त बोकाहरु हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत लेखनाथ न्यौपाने, पशु शाखा प्रमुख ओम गिरी लगाएतको उपस्थिती रहेको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी दिनुभयो ।