FAQs Complain Problems

सामाजिक सुरक्षा कार्यक्रम: जेष्ठ नागरिक, दलित एकल महिला,विधवा महिला, क र ख बर्गका असक्त अपांग र दलित बालबालिका परिचय पत्र

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्ता मृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि ।
अशक्त अपांगता भएका व्यक्तिहरुको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बाबु र आमाको विवाह दर्ताको प्रमाण पत्र, नागरिकताको प्रतिलिपि ।
सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २/२ प्रति फोटो ।
बसाईसराई गरी आएकोमा बसाईसराई प्रमाण पत्रको प्रतिलिपि ।
नोट: स्वयं उपस्थित हुनुपर्ने साथै ज्येष्ठ नागरिकको हकमा हरेक वर्षको श्रावण १ गते भित्र र अन्यको हकमा जुनसुकै बखत आवेदन गर्नसक्ने